राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नीति बमोजिम ३ देखि ६ वटा गाउँपालिकाको लागि १/१ वटा स्रोत केन्द्रहरुको स्थापना गर्ने र त्यस्ता स्रोत केन्द्रहरु करिव १५० वटा (१४ जिल्लाहरुमा) हुनेछ । यस स्रोत केन्द्रमा रहने प्राविधिकहरुबाट क्षमता अभिवृद्धि जस्ता तालिम दिने वा दिन सहयोग गर्ने स्रोत केन्द्र अन्तर्गतका गाउँपालिका हरुमा आवश्यक निर्माण सामाग्रीहरुको व्यवस्था गर्न सहजीकरण गर्ने र निर्माण विकासमा संलग्न अन्य निकाय तथा सस्थाहरुलाई प्राविधिक सहयोग दिन यस्ता स्रोत केन्द्रहरुमा ४/४ जना इन्जिनियर र सव-इन्जिनियरहरु आवश्यकता हुने हुँदा जम्मा ६००/६०० जना इन्जिनयर र सव-इन्जिनियरहरुको आवश्यक देखिन्छ ।
प्रत्येक गाउँपालिका र नगरपालिकाहरुमा पुनर्निर्माण हुने आवास/भवन हरुको प्रमाणिकरण गर्न र आवास निर्माण सम्बन्धी नेपाल सरकार वा अन्य निकायबाट प्रदान गरिने अनुदान सहायता वितरण गर्न सिफारिस गर्ने प्रयोजनार्थ १/१ जना इन्जिनियर प्रत्येक गाउँपालिकामा र औषत ३/३ जना इन्जिनियर प्रत्येक नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाहरु हेर्ने गरी प्रस्ताव गरिएको छ।यसैगरी प्रत्येक गाउँपालिका तथा नगरपालिकामा पुनर्निर्माण हुने निजी आवास/भवनहरु भूकम्प प्रतिरोधी प्रविधी एवं भवन संहिता बमोजिम बनेको विषय सुनिश्चित गर्न सिकर्मी, डकर्मी लगायतका निर्माणकर्मीलाई निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउन र निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न प्रत्येक गाउँपालिकामा १/१ जना असिस्टेन्ट सव-इन्जिनियर प्रस्ताव गरिएकोछ ।
केन्द्रिय पूनःनिर्माण कार्यान्वयन ईकाई, जिल्ला कार्यान्वयन ईकाई, श्रोत केन्द्र र गाउँपालिका तथा न.पा.मा प्रमाणिकरणको लागि देहाय अनुसारको (तालिका-१) जनशक्ति प्रस्ताव गरिएको छ।